काठमाण्डौ : अछाममा चट्याङ्ग लागेर १ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको ज्यान गएको हो ।
घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल रहेको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दिपेश रिजालले बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको रिजालले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया