२०८२ जेठ २२ बुधबार

राशिफल

स्थापितलाई कारबाही गर्न माग

काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघसंस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको बताएको हो ।