२०८२ जेठ २६ आइतबार

राशिफल

दुई बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डौं : रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ ।