२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मातातीर्थ औंसी विशेष (गजल)

  • एनडीसी खबर२०७९ बैशाख १७ शनिवार २०:०१:४१

   गजल

यो धर्ती आमा हुन् , आकाश आमा हुन्
मैले फेर्ने सास , प्रश्वास आमा हुन्

म आफ्नै बारेमा, म भन्दा नि जान्ने
मेरो जिन्दगीको , इतिहास आमा हुन्

खान हिँड्न बोल्न, बाँच्न सिकाउने
सबै भन्दा ठूलो , प्रयास आमा हुन्

देवी सरस्वती, लक्ष्मी मेरा लागी
देव धाम चार, चौरास आमा हुन्

जिन्दगीका हुरी, बतास छेकेर
सधै न्यानो राख्ने, कपास आमा हुन्

जे दिएनी खान, सधैँ मीठो हुने
खाना भन्दा ठुलो, मिठास आमा हुन्

- गगन सिं बस्नेत निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँनुहुन्छ