२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ईन्जिनियर बालेन शाहले दिए काठमाडौंको मेयरमा उम्मेदवारी, डिजिटल सरकारदेखि आइडिया बैंकसम्म (घोषणा पत्र सहित)

काठमाडौं : ईन्जिनियर बालेन शाह स्ट्रक्चरल इन्जिनियर/र्‍यापर/ संगीत निर्देशक तथा गीतकारका रुपमा परिचित व्यक्तित्व हुन् ।

साथै बालेन कन्सल्टिङ एण्ड कन्स्ट्रक्सन प्रा. लि. का प्रबन्ध निर्देशक पनि हुन् । पद्मा ग्रुप अफ कम्पनीका पूर्व उपमहाप्रबन्धक रहेका ई. शाहले Visvesvaraya Technological University टेक्नोलोजिकल विश्वविद्यालयमा सिभिलरस्ट्रक्चरल इन्जिनियरिङ्गमा M.Tech गरेका थिए भने उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ गरेका थिए ।

यतिबेला ई. बालेन शाह काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयरको उम्मेद्वारका रुपमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

हेर्नुस् बालेन शाहको चुनावी घोषणा पत्र-