काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ ।
केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए ।
वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा २७ करोड लिटर पानी वितरण हुनेछ ।
पानी आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उनले बताए । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।
तपाइँको प्रतिक्रीया