२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आचारसंहिता प्रतिकूल हुने चुनावी सामग्री जफत

काठमाण्डौ  : निर्वाचन आयोगको अनुगमन टोलीले काठमाण्डौका केही स्थानमा अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा खटिएको टोलीले उक्त चुनावी सामग्री जफत गरेको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाण्डौको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, सहिदगेट, भोटाहिटी, घन्टाघर क्षेत्र वरिपरि स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिक ठाउँमा रहेका राजनीतिक दलका झन्डा तीन सय थान, ती क्षेत्रका विभिन्न पसलमा राखिएका दलका चुनाव चिह्न अङ्कित क्याप दुई सय थान, दुई बन्डल झोला झन्डै एक सय थान, टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको जानकारी दिए ।