२०८२ जेठ २२ बुधबार

राशिफल

आज देशका अधिकांश स्थानको मौसम बद्ली हुने

काठमाण्डौ : आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिए ।

उनका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।