काठमाडौं: टी–२० श्रृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ टोली खेल्दैछन् ।
खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग अभ्यास खेल खेल्न लागेको हो।
नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन खेलको टी–२० र ती एक दिवसीय खेल्नेछ । हिजो हुने भनिएको पहिलो एक दिवसीय वर्षाका कारण रोकिएपछि खेल तालिका परिवर्तन गरिएको हो ।
तपाइँको प्रतिक्रीया