काठमाण्डौं : गीति संग्रह ‘खुशीको खुराक’ बजारमा आएको छ । वीरेन्द्र पाठकको शब्द रहेको गीत एक कार्यक्रमका बीच राजधानीमा सार्वजनिक गरिएको हो । प्राज्ञ सुनिल मास्केको संगीत रहेको एल्बममा ६ गीत समावेश छन् । संग्रहका गीतमा चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।
जसमा मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङ संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’, शिव परियारको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्यो’, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘आँधीबेहरीले उडायो’, सुरेश लामाको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा ‘केश कोर्या’ बोलको गीत गीति संग्रहमा समावेश छ ।
६ गीतमध्ये मिलन नेवारले स्वर दिएको ‘मन पर्ने मायालाई’ को भिडियो समेत तयार भएको छ । युवराज वाइबाको निर्देशन, सञ्चारकर्मी नरेश भट्टराई र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो केही दिनमा सार्वजनिक हुनेछ ।
तपाइँको प्रतिक्रीया