२०८२ जेठ २२ बुधबार

राशिफल

चितवनमा फेरी बाघको आक्रामणबाट १ जनाको मृत्यु

काठमाण्डौ  :   चितवनको खैरहनीमा बाघको आक्रमणमा परि १ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट कुमरोज सामुदायिक वनमा बिहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका अन्दाजी ६५ वर्षीय नारायण दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

दाहाललाई बाघले आक्रमण गरेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित उहाँको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा शव भेटिएको जानकारी दिए ।

यसअघि अस्ति चितवनमै बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी माहुते रमेश चौधरी थारुको ज्यान गएको थियो।