काठमाडौं : गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु आक्रोषित थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।
तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएको स्रोतले बताएको छ।
गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए ।
तपाइँको प्रतिक्रीया