२०८२ जेठ २५ शनिवार

राशिफल

पालिका चुनावमा राष्ट्रिय रूपमै विजयी बन्ने महामन्त्री शर्माको दाबी

काठमाण्डौ :  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एकःएक तोला मात्र भए पनि सुन भएको जिकिर गरे । आज आइतवार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन।

महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एकःएक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एकःएक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएको थियो ।

महामन्त्री शर्माले कांग्रेस यही वैशाख ३० गते हुने पालिका चुनावमा राष्ट्रिय रूपमा विजयी बन्ने दाबी पनि गरे । उनले कांग्रेसले पालिका चुनावमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँमा कसरी उभ्याएर जाने भन्नेबारेमा पहलकदमी गरिरहेको बताए।