काठमाण्डौं : राप्रपा नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको सूर्य र आफ्नै पार्टीको तीर चुनाव चिह्नमा भोट मागेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालयको बैठकले आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेको हो ।
‘चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवारनभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमती बमोजिम राप्रपा नेपालका सदस्यहरु, शुभचिन्तक तथा मतदाताहरुलाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रीया