काठमाडौं : पहिलो टी २० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।
कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।
तपाइँको प्रतिक्रीया