२०८२ जेठ २४ शुक्रबार

राशिफल

उम्मेदवारको निधन भएपछि फेरी मनोनयनको प्रक्रिया अघि बढाइन

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएपछि फेरी मनोनयनको प्रक्रिया अघि बढाइने भएको छ   ।

नेपाल कम्युनिष्ट पार्टी एमाले का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।