२०८२ जेठ २५ शनिवार

राशिफल

 बिहे गरेको एक महिना नबित्दै दम्पती रुखमा झुन्डिएपछि….

काठमाडौं; कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ वर्षीय अस्मिता सिंह मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन थिए ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।