२०८२ जेठ २१ मङ्गलबार

राशिफल

तिमी र म

  • एनडीसी खबर२०७९ बैशाख १८ आइतबार १७:५१:५३

म केवल चारभित्ताको अध्यारोमा
       बसिरहेको छु।
तिमी भन्छौ म स्वतन्त्र चरी जस्तै सगरमा
       उडिरहेको छु।
म हिँड्दा हिँड्दै दोबाटोमा
    अलमलिरहेको छु।
तिमी भन्छौ गन्तव्यसम्म
    पुगिसकेको छु।

म तिमीहरूको तारिफ
     गरिरहेको छु।
तिमी त मेरै कुरा काट्दै
     बसिरहेका छौ।

म केवल चारभित्ताको अध्यारोमा
       बसिरहेको छु।
तिमी भन्छौ म स्वतन्त्र चरी जस्तै सगरमा
 ‌      उडिरहेको छु।

सुर्खेत घर भएकी पत्रकार सुशिला साहित्य क्षेत्रमा कलम चलाउँनुहुन्छ ।