काठमाडौं : जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा ओपीडी आइतबार भने बन्द नगर्ने भएको छ ।
उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको हो ।
‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र सचिवको राय आएको छ । ठूला अस्पतालका प्रमुखलाई बोलाएर पुनः एक पटक छलफल गरेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई पत्राचार गरिने छ’, मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
ती अधिकारीका अनुसार अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई सट्टा विदा दिने गरी हप्तामा ६ दिन ओपीडी सेवा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ । तर, निर्णय भन्ने भइसकेको छैन ।
तपाइँको प्रतिक्रीया