काठमाण्डौं : ओखलढुंगाको एक विद्यालयले फुट्बल खेलको पुरस्कार नदिएको भन्दै विद्यार्थीहरु निराश भएका छन् ।
जिल्लाको शिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटार माध्यमिक विद्यालयले गत बैशाख ९ गते आयोजना गरेको साप्ताहिक प्रतियोगितामा विजयी हुने समुहलाई पुरस्कार नदिएपछि विद्यार्थी हरु निराश भएका हुन् ।
प्रतियोगिता सकिएको १ हप्ता हुँदा पनि पुरस्कार नदिएको र विद्यालयले यस विषयमा चासो नदेखाएको भन्दै (सिभिल इन्जिनियरिङ) विषयमा अध्ययनरत कक्षा १२ का छात्र निश्चल राइले गुनासो गरे ।
खेलमा सिभिल इन्जिनियरिङतर्फका कक्षा ९, ११ र १२ त्यसैगरी ISCAG अध्यनरत छात्रहरु र सोही विद्यालयका शिक्षकहरु गरि जम्मा ७ टिम सहभागी थिए।
प्रथम हुनेमा सोही बिद्यालयका शिक्षकहरु ,द्धितीय हुनेमा कक्षा १२ (शिभिल इन्जिनियरिङ) र तृतीय हुनेमा कक्षा ९ का (शिभिल इन्जिनियरिङ) अध्यनरत छात्रहरु रहेका छन् ।
तपाइँको प्रतिक्रीया