२०८२ जेठ २१ मङ्गलबार

राशिफल

स्कुटर पल्टिँदा चालकको मृत्यु

काठमाण्डौ  : काठमाण्डौको बबरमहलमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर भइ हाल काठमाण्डौको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे ज्यान गएको हो ।