२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज उपत्यकासहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ  :  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एकःदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिए ।