काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज सोमबार जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालका लागि आजको खेलमा जित निकाल्नु पर्ने अवस्थाछ ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सिरिजका बाँकी खेलमा सहज जित निकाल्दै सिरिज जित्ने रहेको बताएका छन् । आइतबारको खेलपछि बोल्दै सन्दीपले आफूहरु राम्रो कमब्याक गर्ने योजना भएको बताए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।
तपाइँको प्रतिक्रीया