२०८२ जेठ २४ शुक्रबार

राशिफल

शरिरको तौल बढाउने काइदाका उपायहरु

काठमाडौं :  हामी कुरा गर्छौ, कसरी मोटोपन नियन्त्रण गर्ने, कसरी तौल घटाउने  तर, सबैको चिन्ता मोटोपन घटाउने मात्र नहुने रहेछ । कतिपयलाई तौल बढाउनुपर्ने वाध्यतात्मक अवस्था पनि छ । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन ।

हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु अस्वभाविक हो ।

कसरी बढाउने तौल :

शरीरको तौल बृद्धि गर्नका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

केरा र दुध : 

केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । अब प्रसंग दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ

घिउ र सख्खर :

घिउ र सख्खर हरेकजसो घरमा सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

दुध र मह : 

नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

तनावमुक्त रहने  : 

राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

दैनिक स्याउको सेवन : 

दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।