२०८२ जेठ २५ शनिवार

राशिफल

सलिना बनिन् १६ औँ संस्करणको मिस नेवाः

काठमाण्डौं : १६ औँ संस्करणको मिस नेवाः सलिना महर्जन घोषित भएकी छन् । नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् । सलिनाले मुख्य उपाधिको साथमा नगद एक लाख र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छन् ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी थिए ।