काठमाडौं : सोमबार सेयर बजार नेप्से परिसूचकमा उच्च गिरावट आएको छ ।
आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अंकले घटेको बजार २३०.४४ बिन्दुमा आएर रोकिएको छ ।
बजार २०७ प्रतिशतले घटेको हो ।
सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तपाइँको प्रतिक्रीया