२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नोट चढाउ, भोट फकाउ गर्दै सिन्धुपाल्चोकका उम्मेदवार, खुट्टा ढोगिरहेको तस्वीर भयो भाइरल

फोटो साभार

काठमाण्डौं : भोट माग्नका लागि सिन्धुपाल्चोकका एक उम्मेदवारले मतदाताहरुको पाउमा पैसा चढाइरहेको फेला परेको छ । मेलम्ची नगरपालिका १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको भेटिएको हो।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थाहा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

चुनावी अभियानका क्रममा ‘मतदाताको खुट्टा ढोगेर दाम चढाएको’ तस्वीर भाइरल भएपछि मेलम्चीको वडा नं। १० का उम्मेदवार अमृत खनालले आफ्नो बचाउ गरेका छन् । खनाल नेपाली कांग्रेसबाट उक्त वडाका वडाध्यक्ष पदका उम्मेदवार हुन् ।

उनले चुनावी प्रचार प्रसार गर्न घरदैलो जाने क्रममा आफ्नी फुपूको घरमा पुगेर फुपुको खुट्टा ढोगेको भन्दै बचाउ गरेका हुन् । चुनावी प्रचारका क्रममा खुट्टा ढोगेको र पैसा पाउमा चढाएको उनी आफैले स्वीकार गरेका छन्, चाहे फुपुको भनेर बचाउ गरे पनि ।

सामाजिक सञ्जाल र मिडियामार्फत उनको खुट्टा ढोगिरहेको तस्वीर भाइरल भएको थियो ।

त्यसपछि उनले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् । उनले फुपूको खुट्टा ढोगे पनि फुपू स्वयं मतदाता हुन्, चुनावको मुखमा यसले राम्रो सन्देश जान्न भन्ने कुरा भने उनले हेक्का राख्न सकेनन् । स्थानीयले भने अरू मतदाताहरूलाइ पनि पैसा चढाउँदै भोट मागिरहेको बताएका थिए ।