२०८२ जेठ २१ मङ्गलबार

राशिफल

समुन्नत कोहलपुरको संकल्पसहित घोषणापत्र सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेस कोहलपुरले समुन्नत कोहलपुर बनाउने संकल्पसहित आफ्नो प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर उम्मेदवार संगीता सुवेदीले समुन्नत कोहलपुर र निमुखालाई न्याय, विपन्नलाई आय भन्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कोहलपुरलाई समुन्नत नगरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, वााातावरण तथा पर्यटन, खानेपानी तथा सरसफाइ, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना सञ्चार, सामाजिक सुरक्षा, बस्ती व्यवस्थापन तथा आवास, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिंचाइ, आयआर्जन तथा रोजगार, युवा तथा खेलकुद, विद्युत, उद्योग, सडक र यातायात, प्रशासन सुशासन, विपद व्यवस्थापन लगायतका क्षेत्रमा प्रतिबद्धता जनाइएको छ ।

कोहलपुर नगरमा एउटा आधारभूत विद्यालयलाई आधुनिक, प्रविधिमैत्री, अपांगतामैत्री नमूना आवासीय विद्यालय स्थापना गर्ने, निजी विद्यालय शिक्षा सुधार कार्यक्रमलाई सञ्चालनमा ल्याइने घोषणा पत्रमा उल्लेख छ ।