२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मिर्चैयाको मेयरमा राप्रपाबाट भोलाको उम्मेद्वारी

काठमाण्डौं : सिराहाको मिर्चैया नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम प्रताप शाह भोलाले मेयर पदमा उम्मेद्वारी दिएका छन्।

यही वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा समृद्ध नगर निर्माण गर्ने उदेश्यले आफुले उम्मेद्वारी दिएको उनको भनाई छ ।

साथै आफु निर्वाचित भएमा नगरवासी जनताको आधारभूत आवश्यक्ताहरु गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य जस्ता कुराहरुलाई समेटेर अगाडी बढ्ने उनले बताए ।

यस्तै उक्त नगरपालिकामा यसअघि निर्वाचित जनप्रतिनिधीहरुले सोचे अनुसारको विकास गर्न नसकेको भोलाले बताएका छन् ।

भोलाले आगामी चुनावमा अमुल्य मत दिएर मेयर पदमा विजयी गराउँन अपिल समेत गरे ।