२०८२ जेठ २२ बुधबार

राशिफल

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका द हिन्दुु का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ ।

नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ ।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ ।