काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ ।
गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले हराएको हो ।
युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एकःएक गोल गरे । घरेलु मैदानमा खेलको नवौँ मिनेटमा फर्नान्डेसले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए ।
जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ । युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।
तपाइँको प्रतिक्रीया