काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका २८ वर्षीय सरोज कार्की रहेको जनाएको छ ।
मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको भट्टराईले बताए।
तपाइँको प्रतिक्रीया