२०८२ जेठ १९ आइतबार

राशिफल

घरको छतबाट खस्दा १ जनाको मृत्यु

काठमाडौं :  जिल्लाको भक्तपुर नगरपालिका ८ लिवालीमा घरको छतबाट खस्दा एकजनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हिजो सोमबार साँझ ७ः१५ आफ्नै घरको छतबाट खसेर ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते कुसाथालाई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनको उपचारकै क्रममा सोमबार राति कुसाथाको मृत्यु भएको थियो ।