२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भारतको राजस्थान झण्डाको विषय झडप, प्रहरीले अश्रु ग्यास प्रहार

काठमाडौं : भारतको राजस्थान राज्यमा झडप भएको छ । जोधपुरको जालोरी गेट क्षेत्रमा दुई समुदायबीच झडप भएको हो । झण्डाको विषयलाई लिएर उनीहरूबीच झडप भएको भारतीय प्रहरीले जनाएको छ ।

एक समुदायले गाडेको झण्डा अर्को समूहले हटाएर आफ्नो झण्डा गाडेपछि झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही प्रहरी घाइते भएका छन् । घटनालाई मत्थर पार्न प्रहरीले अश्रु ग्यास र लाठीको पनि प्रयोग गरेको छ ।

सोमवार राति परशुराम जयन्तीलाई लिएर एक समुदायले झण्डा गाडेर सजावट गरेका थिए र अर्को समुदाय आएर झण्डा हटाउँदै लाउडस्पिकर बजाउन सुरु गरेको आरोप लगाइएको बीबीसी हिन्दीले जनाएको छ । त्यसपछि आज ईदको नमाजपछि अर्को समुदायले गाडेको झण्डा हटाएर भारतको झण्डा राखिएपछि फेरि विवाद सुरु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।