काठमाडौं : धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका गाडीको ठक्करबाट भोजराज पराजुलीको गाडीको ठक्करबाट भएको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताएका हुन् ।
सोमबार राति उनी ढल्केबर चोकमा चेक प्वाइन्टबाट ड्युटी गरी ईलाका प्रहरी कार्यालय जाँदै थिए । ठक्कर दिने गाडीको खोजतलास गर्ने काम भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आएका थिए । पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको जनाइएको छ ।
तपाइँको प्रतिक्रीया