२०८२ असार २ सोमबार

राशिफल

दुई समर्थकबीच खुकुरी हानाहान,६ जना घाइते

काठमाडौंं : रुकुम पश्‍चिमको त्रिवेणी गाउँपालिकामा वडा १ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् ।

गाउँपालिकाको१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्‍यक्षका उम्‍मेदवार र स्वतन्त्रबाट वडाअध्‍यक्षमा उम्‍मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच झडप भएको ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

उनले भने, ‘लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरुबीच विवाद बढेपछि झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । ‘

उनका अनुसार घाइते हुनेहरुमा रुँघाका धर्मेन्द सुनार, टिकाजंग मल्ल, जीवन पुन, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन रहेका छन् ।