२०८२ जेठ २८ मङ्गलबार

राशिफल

लिभरपुलले आज राति दोश्रो लिग खेल्दै

काठमाडौं: च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा भियारियलविरुद्धको पहिलो लिग २–० ले जितेको लिभरपुलले आज राति दोश्रो लेग खेल्दै छ ।

भियारियलको मैदानमा खेल सुरु नहुँदै इंग्लिस क्लब लिभरपुल २–० ले अघि छ ।

तर पनि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप फाइनल पुग्नेमा ढुक्क छैनन् ।

क्लोपले एउटा प्रतिस्पर्धात्मक खेल खेल्न तयार रहन टिमलाई निर्देशन पनि दिएका छन् । ‘पहिलो खेलमा उनीहरुले हामीलाई जति खेल्न दिएका थिए, दोश्रो खेलमा उनीहरुले त्यो भन्दा बढी खेल्न प्रयास गर्ने छन्,’ क्लोपले भने ।

भियारियलको प्रहार गोल भएमा मैदानमा उनीहरुको समर्थन बढ्ने र लिभरपुललाई दबाव हुने उनको ठहर छ ।

घाइते सेन्ट्रल ब्याक इब्राहिम कोन्टे, मिडफिल्डर थिएगो अलकान्तारा र मोहमद सलाह खेलमा फर्किने छन् । तर लिभरपुलका महत्वपूर्ण खेलाडी रोबर्टो फर्मिनो भने चोटका कारण मैदान बाहिर हुनेछन् ।