काठमाण्डौं : २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिक रहेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रीया