काठमाण्डौं : अखिल नेपाल फुटबल संघ एन्फाले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।
एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म गर्न परिपत्र गरेको थियो ।
तपाइँको प्रतिक्रीया