२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आईपीएल क्रिकेटमा पन्जाब किङ्ससँग गुजरात पराजित

काठमाण्डौ  : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा गएराति भएको खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
जितसँगै पन्जाबको १० खेलमा १० अंक भएको छ । पन्जाब अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । गुजरातको यो दोस्रो हार हो । गुजरात १० खेलमा ८ मा जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ ।