काठमाण्डौ : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदैछ । कोरोना महामारीपछि दुई वर्ष सम्म रोकिएको रथयात्रा यसपालि भने हुन लागेको हो ।
आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने छ । आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँदछन् । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।
पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुँइचो लाग्ने गरेको छ । दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने गाडीलाई आज पनि डाईभर्सन गरिएको छ । जावलाखेल –पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाईभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया