२०८२ जेठ २९ बुधबार

राशिफल

अमेरिकाको गर्भपतनसम्बन्धी कानुन रद्द

काठमाडौं: अमेरिकामा गर्भपतनसम्बन्धी कानुन रद्द गर्ने मनसाय समेटिएको सर्वोच्च अदालतको दस्ताबेज बाहिरीएको छ ।

सर्वोच्च अदालतले ‘रो भर्सस वेड’ मुद्दामा निर्णय उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ ।

‘रो भर्सस वेड’ भनेको सन् १९७३ मा अमेरिकामा गर्भवती भएको पहिलो तीन महिनामा गर्भपतन गर्न पाउने अधिकार दिएको निर्णय हो।

पोलिटिकोमा ९८ पानाको दस्ताबेज छापिएपछि डेमोक्र्याटले यसको विरोध गरेका छन् भने सर्वोच्च अदालत अगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छ।

प्रधान न्यायाधीश रोबट्र्सले दस्ताबेज कसरी चुहिन पुग्यो भन्नेबारे अनुसन्धान गर्न निर्देशन दिन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।