२०८२ जेठ २९ बुधबार

राशिफल

युक्रेनमा बस दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौं : युक्रेनमा बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा मंगलबार एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए ।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।