काठमाडौं : भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ ।
आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो ।
भारतीय अखबार ‘द हिन्दूस्तान टाइम्स’ले बुधबारको संस्करणमा श्रीवास्तवलाई राजदूतमा पठाउन लागिएको खबर प्रकाशित गरेको छ ।
श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्छन् ।
दुई वर्षअघि लद्दाखमा सुरु भएको चीनसँगको सीमा विवादको मामिलालाई सुल्झाउन श्रीवास्तवले कूटनीतिक र सैनिक संवादमा महत्वपूर्ण भूमिका खेलेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तपाइँको प्रतिक्रीया