२०८२ असार ७ शनिवार

राशिफल

फेरी थपियो यमराजको सजाय

काठमाडौं : कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ ।

दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले ७ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो ।

कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ । सोही अनुसार अदालतले यमराजलाई थप ६ वर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए ।