काठमाण्डौं : नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो ।
तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् ।
तपाइँको प्रतिक्रीया