काठमाण्डौ : मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।
गएराति घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गाडीमा आगो लाग्नुको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति गाडीमा आगो लागेको हो ।
तपाइँको प्रतिक्रीया