काठमाडौं : शक्ती र सत्ताको वरिपरी रहने उद्योग व्यवसायीदेखि दलका नेताहरुले नै विद्यमान आर्थिक ऐन विपरित नेपालबाट विदेशमा अबैधरुपमा पैसा लैजाने कार्यलाई सरकारले नियन्त्रण गर्न सकेको छैन । सरकारको नेतृत्व गर्नेकै आँडमा नेपालबाट वार्षिक अबैध रुपमा १० खर्ब रुपैयाँभन्दा बढी रकम विदेश लैजाने गरेको पुर्वगर्भनर तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नै खुलासा गरेका छन् ।
यसरी विद्यमान आर्थिक ऐन विपरित देशबाट मासिक रुपमा अर्बौ रुपैयाँ विदेश लैजानेमा उच्च घरानाका व्यवसायी तथा दलकै नेतादेखि कार्यकर्ताले समेत रहेको बताएका छन् । पुर्वगर्भनर खतिवडाले नाम नभने पनि त्यसरी सवैभन्दा बढी नेपालबाट विदेशमा पैसा लैजानेमा चौधरी ग्रुप, विशाल ग्रुप, शंकर ग्रुप, गोल्छा ग्रुपलगाउत अन्य ग्रुपका सञ्चालक तथा व्यवसायीहरुले लैजाने गरेको पाइएको छ ।
यसरी नेपाली नागरिकले विदेशमा कुनै पनि कम्पनी वा उद्योगमा लगानी गर्न पाईदैन तर, सो ऐनलाई लत्याउदै चौधरी ग्रुपले विदेशको विभिन्न स्थानमा उद्योगमा लगानी गरेको छ । भने सरकारले सो लगानीको बारेमा अहिले सम्म अनुसन्धान तथा अनुगमन गर्ने आँट समेत गर्न सकेको छैन ।
जसको फाईदा चौधरी ग्रुपले उठाउदै आएको छ । नेपाली भुमी प्रयोग गरी भारतको राजस्थानका बासिन्दा समेत रहेका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विद्यमान ऐनलाई समेत लत्याउदै नेपालबाट पैसा लगी विदेशमा लगानी गरेका छन् । सो लगानीमाथी नेपाल सरकारले अनुसन्धान र अनुगमन गर्नबाट रोक्न चौधरी शक्तीकेन्द्रमा रहनकालागि दल परिवर्तन गर्दै हिड्ने गरेका छन् ।
तत्तकालिन अबस्थामा नेकपा एमालेको तर्फबाट सभासद् बनेका चौधरी पछिल्लो समयमा आएर नेपाली काँग्रेसमा प्रवेश गरेर मधिशेकोटाबाट संघिय सभाको सांसद समेत रहेका छन् । जग्गाको मूल्यमा भइरहेको अनावश्यक उच्च वृद्धिले गर्दा मानिसहरूमा उपभोग बढेको र आयातमा वृद्धि भइरहेको खतिवडाले बताए ।
तपाइँको प्रतिक्रीया