२०८२ जेठ २२ बुधबार

राशिफल

वैशाख ३० मा आन्तरिक उडान नहुने

काठमाडौं :  स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार  सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने तर अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुने जनाएको छ ।

निर्वाचन आयोगले उक्त दिन वैदेशिक यात्रामा जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई जानकारी गराएको छ ।