काठमाडौं : जाजरकोटबाट अवैध रुपमा काइनेट ढुंगा पत्थर कारोबार गर्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी छेडाचौर जाजरकोटबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका १ छेडाबजारबाट जुनिचाँदे गाउँपालिका ६ गर्खाकोट बस्ने वर्ष २२ का सुरत सिंहलाई आज बिहान पक्राउ गरेको हो।
उनलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट करिव ९ केजी ५४५ ग्राम काइनेट ढुंगा फेला परेको थियो। पक्राउ परेका उनलाई कारबाहीका लागि खानी तथा भुगर्व विभागअन्तर्गत भूकम्प मापन केन्द्र वीरेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रीया